Section 21B
पुन श्रम स्वीकृति सम्बन्धी व्यवस्था
(१) पुन श्रम स्वीकृति लिन चाहने कामदारले तोकिए बमोजिम आवश्यक कागजात सहित सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ।
(२) विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्नेछ।
(३) पुन श्रम स्वीकृति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।”
(८)   दफा ३८ को उपदफा (१) को खण्ड (क), (ख) र (घ) मा  रहेका “श्रम, रोजगार तथा यातायात व्यवस्था”  भन्ने शब्दहरुको सट्टा “श्रम, रोजगार तथा सामाजिक सुरक्षा” भन्ने शब्दहरु राखिएका छन्।
(९)   दफा ६४ को उपदफा (१) मा रहेका “श्रम अदालतको मुद्दा हेर्ने अधिकारी”  भन्ने शब्दहरुको सट्टा “श्रम अदालतको अध्यक्षले तोकेको सोही अदालतको एकजना सदस्य”  भन्ने शब्दहरु राखिएका छन्।
(१०) दफा ७४ को,-
(क)   उपदफा (२) मा रहेका “वा आफ्नो प्रतिनिधि नियुक्त गर्न” भन्ने शब्दहरु झिकिएका छन्।
(ख)   उपदफा (४) मा रहेका “शाखा खोल्ने”  भन्ने शब्दहरुको सट्टा “विदेशी मुलुकमा शाखा खोल्ने” भन्ने शब्दहरु राखिएका छन्।
(११) ठाउँ ठाउँमा रहेका “वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड” भन्ने शब्दहरूको सट्टा “बैदेशिक रोजगार  बोर्ड” भन्ने शब्दहरू राखी रुपान्तर गरिएका छन्।